arin enterprises

प्रहरीको डिजिटल प्रविधियुक्त e-QRT परिचालित

SamacharDesk – बिराज | २०८० फाल्गुण २४, बिहिबार

चुस्त दुरुस्त सेवा दिने र सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यसहित काठमाडौं जिल्ला प्रहरी परिसरले e-QRT (Equipping the Police Quick Response Team) अभियान सुरु गरिएको छ ।

गत बुधबार फागुन २४ गते उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले अभियानको औपचारिक शुभारम्भ गरे ।

सुरक्षित उपत्यका परियोजना अवधारणा अन्तर्गत यस अभियानको सुरुवात गरेको परिसरले जनाएको छ । यस अन्तर्गत जिल्लाभरिका ६० वटा QRT लाई डिजिटल प्रविधि जडान गरी परिचालन गरिएको जनाइएको छ ।

यो अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न भन्दै प्रहरीलाई विभिन्न प्राविधिक साथै सुरक्षाका सामग्रीहरु प्रदान गरिएको छ ।

जसमा जिपिस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, साइरनसहितको लाइटको साथमा हेलमेट, पंजा, सनग्लास, नी गार्ड, एल्बो गार्ड आदि रहेका छन् ।

जिपिएस ट्र्याकिङ डिभाइसको मद्दतबाट त्तच्त् घटनास्थलमा यथाशिघ्र पुग्ने वातावरण निर्माण हुने प्रहरीले बताएको छ । प्रहरी कन्ट्रोल रुमबाट २४सै घण्टा ट्र्याकिङ गर्न सकिने गरी डिजिटल प्रणाली जडान गरिएको जानकारी कार्यालयले दिएको छ ।

साथै क्यामेराको प्रयोगले त्तच्त् ले घटनास्थल पुग्नासाथ त्यहाँका गतिविधि, प्रहरीको व्यवहार आदि अटोमेटिक रेकर्ड हुने, सम्वन्धित कमाण्डरले कन्ट्रोल रुमबाट घटनास्थललाई लाइभ हेर्न सकिनेछ ।

e-QRT परिचालनले काठमाडौंको सुरक्षामा थप उल्लेखनीय भूमिका निर्वाह हुने विश्वास कार्यालयले लिएको छ । 

Categorized in समाज