टर्कीका राष्ट्रपतिमा पुनः एर्दोगान निर्वाचित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १५, सोमबार

रेसेप तैयप एर्दोगान टर्कीका राष्ट्रपति पुनः निर्वाचित हुनु भएका छन् ।
आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गर्दै एर्दोगान पुनः निर्वाचित भएका हुन् ।
टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै प्रजातान्त्रिक अभ्यास भएकोमा आफ्नो राष्ट्रप्रति कृतज्ञता व्यक्त गरे ।
उता निर्वाचितमा पराजित प्रतिद्वन्दी किलिचदारोग्लुले राजधानी अंकारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा वास्तविक प्रजातन्त्र नआएसम्म लडाइँ जारी राख्ने बताए ।
टर्कीमा खसेको कुल २ करोड ७५ लाख १३ हजार ५ सय ८७ मत मध्य एर्दोगानले ५२.१४ प्रतिशत मत प्राप्त गर्दा विपक्षी नेता केमाल किलिचदारोग्लुले ४७.८६ प्रतिशत मत मात्र प्राप्त गरे ।
Categorized in अन्तर्राष्ट्रिय
