इसेवाको डबल लखपति बन्ने मौका
SamacharDesk | २०८० फाल्गुण १५, मंगलबार

इसेवाले यस वर्ष पनि पुनस् ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ। इसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै ऋबकजदबअप तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ।
‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफर मार्फत् यात्राको लागि इसेवाको प्रयोग गरी हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इसेवाले जनाएको छ ।
यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप रु २ लाख प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ।
यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारीक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ।
सेवाग्राहीले क्यास्ब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा इसेवा खातामा स्वचालित रूपमा उपलब्ध हुने समेत इसेवाले जनाएको छ।
यो अफर सम्बन्धी थप शर्तहरू आधिकारिक ब्लग मार्फत बुझ्नका लागि पनि इसेवाले जनाएको छ।
Categorized in बिजनेस