arin enterprises

युरोकप महिला फुटबलको फाइनलमा जर्मनी र ईंग्ल्याण्ड भिड्दै

SamacharDesk | २०७९ श्रावण १५, आइतबार

युरोकप महिला फुटबलको फाइनलमा आज जर्मनी र इंग्ल्याण्ड भिड्दैछन् ।

यो खेल इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने ११ बजे सुरु हुनेछ ।

आयोजक इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको उपाधि जित्ने अभियानमा रहेको छ । तर उसको इतिहास रच्ने बाटोमा जर्मनीको तगारो छ ।

८ पटकको युरोपियन च्याम्पियन जर्मनी महिला फुटबलमा युरोपको सबैभन्दा सफल टोली हो । जारी प्रतियोगितामा पनि जर्मनीले फाइनलसम्म प्रवेश गर्न शानदार प्रदर्शन गरेको छ ।

सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी तथा स्विडेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेका हन् ।

यी दुई टोली अन्तिम पटक सन् २००९ को युरोकप फुटबलको फाइनलमा भिड्दा जर्मनीले इंग्ल्याण्डलाई ६–२ ले हराएको थियो ।

Categorized in स्पाेर्ट्स