यूरो २०२० को सेमिफाइनलमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २०, आइतबार

युरोकप २०२०को सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ ।
शनिबार राति क्वाटरफाइनलको अन्तिम खेलसँगै सेमिफाइनलमा पुग्न अन्तिम चारमा टोलीको टुंगो लागेको हो ।
यसपलि इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् ।
सेमिफाइनलको खेल बुधबार र बिहीबार इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।
पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनलको खेल तालिका:
बुधबार राति १२ः४५ बजे – इटाली विरुद्ध स्पेन
बिहीबार राति १२ः४५ बजे – डेनमार्क विरुद्ध इंग्ल्यान्ड
Categorized in स्पाेर्ट्स