युरोपा लिगको पहिलो लेगमा रोमाले लिभरकुजलाई हरायो
SamacharDesk | २०८० बैशाख २९, शुक्रबार
युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा इटालीको एएस रोमाले जर्मनीको बायर लिभरकुजेनलाई १–० ले हराएको छ ।
इटालीको रोममा गएराति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडुवार्डो बोभेले ६२ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै रोमाले फाइनल पुग्ने सम्भावना बलियो पारेको छ ।
दोस्रो लेगको खेल अर्को हप्ता जर्मनीमा हुनेछ । युरोपा लिगकै अर्को सेमिफाइनल खेलमा इटालीको युभेन्टस र स्पेनको सेभियाले १–१ गोलको बराबरी खेलेका छन् ।
इटालीमा भएको खेलमा भ्रमणकारी टोलीका योसेफ एन नेसेरीले पहिलो गोल गरे ।
इन्जुरी समयमा युभेन्टसका फेडेरिको ग्याटीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।
Categorized in स्पाेर्ट्स