arin enterprises

युरोपमा मेटालाई जरिवाना तिराउने घोषणा

SamacharDesk | २०८० जेठ ९, मंगलबार

युरोपमा मेटालाई जरिवाना तिराउने घोषणा भएको छ । युरोपका फेसबुक प्रयोगकर्ताको डेटा अमेरिकी सर्भरमा राखेको भन्दै युरोपेली संघले मेटालाई अहिलेसम्मकै ठूलो जरिवाना तिराउने भएको हो ।

युरोपको डिजिटल गोपनीयता नीति विपरित कार्य गरेको भन्दै संघले मेटालाई १ अर्ब ३० करोड डलर जरिवाना तिराउने घोषणा गरेको छ ।

लामो समयको अध्ययनपछि आयरल्यान्ड डेटा प्रोटेक्सन कमिसनले तयार गरेको रिपोर्टको आधारमा संघले कारबाहीको घोषणा गरेको हो ।

संघले जरिवानासँगै पाँच महिनाभित्र अमेरिकी सर्भरमा भएको डेटा युरोपेली सर्भरमा नै ट्रान्सफर गर्न पनि मेटालाई निर्देशन दिइएको छ ।

साथै आउने दिनमा युरोपका नागरिकको डेटा अमेरिकी सर्भरमा नराख्न चेतावनी पनि दिइएको छ ।

कुनै प्रविधि कम्पनीले कुनै देशको साइबर नीति तोडेकै कारणले जरिवाना तिर्नुपरेको यो पहिलो पटक भने होइन । तर कुनै कम्पनीलाई यति धेरै रकम जरिवाना तिराउने घोषणा गरेको भने यो पहिलो पटक हो ।

यस्तै अन्य देशको तुलनामा युरोपेली संघ अन्तर्गतका देशहरुमा डिजिटल अधिकार सम्बन्धि नियमहरू केही फरक र कडा रहेका छन् ।

Categorized in विज्ञान-प्रविधी