युरोप गर्मीको चपेटामा
SamacharDesk | २०७९ श्रावण १, आइतबार

युरोपमा जलवायु परिवर्तनका कारण गर्मीको चपेटामा परेको छ । तापक्रम अत्यधिकत वृद्धि हुँदा त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।
अत्याधिक गर्मीकै कारण युरोपका विभिन्न जंगलमा आगलागी भईरहेको छ । बेलायत, पोर्चुगल, स्पेन, फ्रान्सलगायतका देशहरु चर्को तातोसंग लडिरहेका छन् ।
जंगलमा लागेको आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक हेलिकप्टर र सयौं जनशक्ति परिचालन गरिएको छ । उत्तरी पोर्चुगलमा आगो निभाउने क्रममा एक जना पाइलटको निधन भएको छ ।
फ्रान्सको गिरोन्दे क्षेत्रमा लागेको आगोका कारण कम्तिाम १२ हजार मानिसलाई अन्यत्र सारिएको छ भने स्पेनको कोस्टा डी सोलको जंगलमा आगो लागेका कारण दुई हजार बढी मानिस आफ्नो थातथलो छाडेर भागेका छन् ।
यता, दक्षिणी फ्रान्सको जंगलमा भईरहेको भीषण आगलागीले दश हजार हेक्टरको जंगल सखाप पारेको छ भने आगो नियन्त्रण गर्न तीन हजार अग्निियन्त्रक खटिएका छन् । पोर्चुगलमा यति बेला तापक्रम ४७ डिग्री सेल्सियस पुगेको छ भने स्पेनमा ४० डिग्री माथि छ ।
यस्तै फ्रान्स, इटली, मोरक्कोलगायतका देशहरुमा पनि तापक्रम ४० डिग्री माथि पुगेको छ । यता, बेलायतले गर्मी अत्यधिक बढेपछि सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिरन ननिस्कन भनेको छ ।
युके महानगर कार्यालयले सार्वजनिक यातायात प्रयोग गर्दा ध्यान पुर्याउन र गर्मीबाट हुनसक्ने आकस्मिक क्षतिप्रति सचेत रहन भनेको छ ।
अहिले ३८ डिग्री रहेको तापक्रम आगामी साता अझै बढ्ने भएकाले सरकारले यात्रा, सार्वजनिक यातायातको प्रयोग, शपिङ वा मनोरञ्जनका गतिविधिमा नियन्त्रणको प्रयास गरिररहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय