arin enterprises

ललिता निवास प्रकरणमा पूर्वमन्त्रीहरु विरुद्ध पक्राउ पूर्जी जारी

SamacharDesk | २०८० श्रावण २२, सोमबार

ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार जना पूर्व मन्त्रीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

सर्वाेच्च अदालतले हिजो पूर्व प्रधानमन्त्रीहरु तथा मन्त्रिपरिषदका पदाधिकारी समेतलाई अनुसन्धानको दायरमा ल्याउने निर्णय गरेपछि आज उक्त पक्राउ पूर्जी जारी गरेको हो ।

पक्राउ पूर्जी जारी गरिएकाहरुमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र पूर्व राज्यमन्त्री सञ्जयकुमार साह रहेका छन् ।

उनीहरु विरुद्ध हिजो साँझ पक्राउ पूर्जी जारी गरिएको हो । सञ्जय साह भने जनकपुर बम काण्डमा दोषी प्रमाणित भई नख्खु जेलमा छन् ।

ललिता निववास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी रहेका छन् ।

सो प्रकरणमा प्रहरीले अहिलेसम्म २२ जनालाई पक्राउ गरेको छ । उनीहरू विरुद्ध संगठित अपराधमा अनुसन्धान भईरहेको छ ।

Categorized in राष्ट्रिय