arin enterprises

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प गिरफ्तार

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २२, बुधबार

संयुक्त राष्ट्र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरि  प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

मंगलबार अपरान्ह न्युयोर्कको म्यान्ह्याटनस्थित फौजदारी अदालतमा ट्रम्पले आत्मसमर्पण गरेका थिए ।

आत्मसमर्पण गरेका ट्रम्प विरुद्ध विभिन्न ३४ वटा आपराधिक अभियोग लगाईएको छ । तर, ट्रम्पले भने सम्पूर्ण अभियोग अस्वीकार गर्द आफुले कुनै गलत काम नगरेको दाबी गरेका छन् ।

सन् २०१६ को राष्ट्रपति निर्वाचन अघि आफ्नो प्रतिष्ठा जोगाउन थुप्रै गैरकानुनी आर्थिक कारोबारको रेकर्ड किर्ते गरेको आरोप ट्रम्पमाथि छ ।

पोर्न स्टार स्टर्मी ड्यानियललाई दिएको भुक्तानीलाई व्यापारिक प्रयोजनको लागि भनेर देखाएको कसुरमा ट्रम्प अदालतमा तानिएका हुन् ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् ।

अर्को वर्ष हुने अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका ट्रम्पलाई यो अभियोगले निकै ठूलो धक्का लागेको अमेरिकी राजनीतिविदहरु बताउँछन् ।

Categorized in अन्तर्राष्ट्रिय