पूर्वराष्ट्रपति ट्रम्प आज अदालतमा जाने
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २१, मंगलबार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार न्युयोर्क अदालतमा बयान दिनका लागि जाने भएका छन् ।
सोमबार राति न्युयोर्कस्थित ट्रम्प टावर पुगेका ट्रम्पले न्युयोर्कमा केही आपराधिक आरोपहरूको सामना गर्ने भएका हन् ।
सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन ताका पोर्न स्टार स्टर्मी ड्यानियल्सलाई दिएको अवैध रकम ब्यापारी कारोबारमा देखाएको आरोपमा ट्रम्पमाथि छानविन भइरहेको छ ।
७६ वर्षीय ट्रम्प आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन् । तर उनले भने कुनै गलत काम नगरेको दावी गर्दै आएका छन् ।
ट्रम्पलाई मंगलबार पुलिस, अदालतका अधिकारीहरु र सेक्रेट सर्भिसका एजेन्टहरूले तल्लो म्यानहट्टन अदालत परिसरमा लैजाने तयारी गरेका छन् ।
उनले अदालतमा उपस्थित हुनुअघि जिल्ला अधिवक्ता एल्भिन ब्रागको कार्यालयमा आत्मसमर्पण गर्ने बताएका छन् । त्यसपछि मात्र उनी न्यायाधीश समक्ष उपस्थित हुने भएका छन्।
पूर्वराष्ट्रपति ट्रम्प जमानतमा रिहा हुने र मंगलबार साँझ आफ्नो निवास फ्लोरिडा फर्कने अनुमान गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय