ट्वीटरको आम्दानी भन्दा खर्च बढि
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ३१, आइतबार

ट्वीटरको आम्दानी भन्दा खर्च बढि हुनथालेको छ । ट्वीटरको विज्ञापनबाट हुने आम्दानी ५० प्रतिशतले कम भएपछि खर्च बढि हुनथालेको हो ।
कम्पनीका मालिक एलन मस्कले एक ट्वीटको रिप्लाइ गर्दै ट्वीटरको विज्ञापन आम्दानी ५० प्रतिशतले कम भएको र कम्पनीको आम्दानीभन्दा खर्च धेरै भइरहेको कुरा पनि उल्लेख गरेका छन् ।
हालै मात्र कम्पनीले क्रियटरहरुका लागि नयाँ नियम सुरु गरेको छ । यस नियम अन्तर्गत कम्पनीले विज्ञापनबाट उठेको रकम क्रियटरलाई पनि केही प्रतिशत दिनेछ ।
यो नियमका कारण कम्पनीको आम्दानी कम भएको हुनसक्ने अनुमान छ ।
पछिल्लो समय ट्वीटरको नयाँ–नयाँ नियमहरुका कारण यो प्लेटफर्मप्रति मानिसहरुको आकर्षण कम हुँदै गइरहेको छ ।
Categorized in बिजनेस