arin enterprises

सेन्सर बिना ‘राधे’ प्रदर्शन भएकोमा कलाकार संघको ध्यानाकर्षण

SamacharDesk – बिजयरत्न | २०७८ जेठ १, शनिबार

नेपाल चलचित्र कलाकार संघले सेन्सर बिना नै हिन्दी फिल्म ‘राधे’ प्रर्दशन भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै नेपालको डिजिटल प्लेटफर्ममा सेन्सर विना नै ‘राधे’ प्रदर्शन गरिएकोमा ध्यानाकर्षण भएको जनाएको हो ।

संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाको हस्ताक्षरसहित शनिबार प्रेसित विज्ञप्तीमा फिल्म प्रदर्शनमा आईसकेपछि सेन्सर भएको भनेर प्रचारमा आउनु र सेन्सर बोर्डका सदस्यलाई खबर नहुनु झनै आश्चर्यलाग्दो देखिएको भनेको छ ।

‘यस सम्बन्धमा सम्बन्धित निकायले के भएको हो प्रष्ट पार्नु पर्दछ र नेपालको डिजिटल प्लेटफर्ममा रिलिज हुने कुनै पनि फिल्मलाई नीति, नियम र कानूनले तोकेको परिधि भित्र राखि प्रदर्शन गरिनु पर्छ भनी हामी सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छौँ’ विज्ञप्तीमा भनिएको छ ।

यसभन्दा अघि अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ पनि यसरी नै बिना सेन्सर नेपालको डिजिटल प्लेटफर्ममा रिलिज भएको कुरा यहाँनेर उल्लेखनीय छ ।

 

Categorized in पेजथ्री