सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक सिंहको बिदाइ
SamacharDesk – बिराज | २०७९ फाल्गुण ५, शुक्रबार

प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई विदाई गरिएको छ ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरिक्षक पूजालाई बिदाइ गर्नुभएको हो ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गरे ।
विभिन्न कालखण्डमा सफल महिला कमाण्डरको रूपमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी सेवाबाट सेवानिवृत्त जीवन पश्चातपनि रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरे ।
सेवानिवृत्त भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले एक पटकको प्रहरी सधै प्रहरी नै रहने भएकोले वर्दियुक्त जीवनबाट मात्र अवकास हुन लागेको विचार राखिन् ।
सेवानिवृत्त हुनु भएकी सिंह वि.सं. २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् ।
अहिले उनी प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदका कारण फागुन ७ गते अवकास प्राप्त गर्न लागेकी हुन् ।
Categorized in समाज