चोभारमा गाडी दुर्घटना भई महिला घाइते
SamacharDesk – बिराज | २०७९ माघ २, सोमबार

आज साँझ चोभारमा भएको कार दुर्घटनामा एक महिला घाइते भएकी छन् । दुर्घटनामा बागेश्वरी–४ बस्ने अन्दाजी ३५ वर्षकी अम्बिका केसी घाइते भएको बताइएको छ ।
स्थानीय पत्रकार विरेन्द्र शाक्यका अनुसार ललितपुर, सैबुँबाट आइरहेको बा ५ च ५६५४ नम्बरको सिल्भर रंगको कार चोभारमा दुर्घटना भएको हो ।
पत्रकार शाक्यका अनुसार साँझ करिब ५ बजेतिर चोभार, जलविनायक पुल नजिकबाट कार नदीमा खसेको हो ।
दुर्घटनामा घाईते केसीको हाल वयोधा अस्पतालमा उपचार भइरहेको बताइएको छ । केसी अहिले पूर्णरूपमा बोल्न सक्ने अवस्थामा नभएको अस्पताल श्रोतले जनाएको छ ।
दुर्घटना भएको गाडीमा कति जना सवार थिए भन्ने हालसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।
गाडीमा अरू पनि सवार हुनसक्ने आशंकाले प्रहरी र स्थानीय खोजीमा जुटेका छन् ।
Categorized in समाज