स्विडेन र नेदरल्यान्ड्सको रोमाञ्चक जीत
SamacharDesk | २०८० श्रावण ७, आइतबार

महिला विश्वकप फुटबल अन्तर्गत आज समुह "ई" र "जि" अन्तर्गतका खेलहरुमा स्विडेन र नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेका छन् ।
समूह ‘जी’ अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हरायो । यस्तै समूह ‘ई’ को अर्को खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले पराजित गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा स्विडेनले पुनरागमन जित निकालेको हो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सुरुवाती अग्रता दक्षिण अफ्रिकाले लिएको थियो ।
दक्षिण अफ्रिकाका लागि हिल्डाह मागाइआकोले ४८औँ मिनेटमा गोल गर्नुभयो । त्यसपछि स्विडेनकी फ्रिाडोलिना रोल्फोले ६५औँ मिनेटमा बराबरी गोल गर्नुभयो ।
बराबरीतर्फ धकेलिएको खेलमा अमन्डा इलेसडेटले ९०औँ मिनेटमा गोल गर्दै स्डिेनलाई महत्त्वपूर्ण जित दिलाउनुभयो । जितसँगै स्डिेनले तीन अङ्क बनाएको छ ।
दक्षिण अफ्रिकाले हारबाट विश्वकप सुरु गरेको छ । यस्तै अर्को प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सलाई जिताउन स्टेफानी भान डेर ग्रागटले निर्णायक गोल गर्नुभयो ।
स्टेफानीले १३औँ मिनेटमा शेरिडा स्पिटसेको पासमा गर्नुभएको गोल नेदरल्यान्ड्सको जितमा पर्याप्त बन्यो ।
जितसँगै नेद्ल्यान्ड्सले तीन अङ्क बनाएको छ । पोर्चुगलले हारबाट विश्वकपको सुरुवात गरेको छ ।
Categorized in स्पाेर्ट्स