वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीको निधन
SamacharDesk – बिजयरत्न | २०७८ जेठ २, आइतबार

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ चलचित्र निर्देशकको साथमा लेखक र गीतकार चेतन कार्कीको निधन भएको छ । कोरोना भाईरस संक्रमणका कारण कार्कीको आइतबार निधन भएको हो ।
कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई उपचाररत थिए । सोही अस्पतालमा उपचारको क्रममा आज उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
८४ वर्षीय कार्कीले निर्माण नियन्त्रकबाट फिल्मी करियर शुरु गरेका थिए । उनले विश्वास, भूमरी, पहिलो प्रेम लगायतका चर्चित फिल्महरुको निर्देशन गरेका छन् ।
उर्दु भाषाको साहित्य लेखनमासमेत निपुण उनले परिवर्तन, सिन्दूर, जीवनरेखा, माया प्रिती, कान्छीलगायतका दर्जनौं फिल्म लेखेका छन् ।
उनलाई नेपाली फिल्म क्षेत्रमा बौद्धिक र हक्की स्वभावका चलचित्रकर्मीका रुपमा चिनिन्छ ।
उनको परिवारमा श्रीमती र दुई छोराहरु रहेका छन् ।
Categorized in पेजथ्री