अर्थमन्त्री शर्मालाई नै बनाउन सहमति
SamacharDesk | २०७९ श्रावण १५, आइतबार

अर्थमन्त्री जनार्दन शर्मालाई नै अर्थमन्त्रीमा पुनः नियुक्ती गर्ने सहमति भएको छ ।
आज विहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तामा शर्मालाई नै पुनः नियुक्ती दिने सहमति भएको हो ।
बजेटको अघिल्लो राति अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले गत शुक्रबार प्रतिवेदन तयार पारी सभामुखलाइ बुझाएको थियो ।
समितिले मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको बताउँदै यसैका आधारमा सफाइ दिएको हो । बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको थियो ।
समितिको सफाई पश्चात शर्मालाई नै पुनः अर्थमन्त्रीमा नियुक्ति दिने वातावरण बनेको छ । शर्माले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
Categorized in राजनीति