arin enterprises

भुवन चैत्य बसुन्धरा फाउण्डेसनबाट सिन्धुलाई कोष सहयोग

SamacharDesk – बिजयरत्न | २०७८ आषाढ १९, शनिबार

भुवन चैत्य बसुन्धरा फाउण्डेसनले सिन्धु सहायता कोष र चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी बिपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

फाउन्डेसनले बि सं २०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र चैत्यदेवी पुरस्कारको रकम सहयोग प्रदान गरेको हो ।

कोभिडको दोश्रो लहरकाबीच निषेधाज्ञा र बाढिपहिरोले जनजीवनमा पुर्‍याएको क्षतिलाई दृष्टिगत गरी स्रस्टा सर्जकलाई प्रदान गरीने पुरस्कारको रकम कोषलाई अर्पण गर्ने निर्णय गरिएको हो ।

फाउण्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा बसेको बैठकले एक लाख दुई हजार रुपैयाँ सिन्धु सहायता कोषलाई र ५१ हजार रुपैयाँ चलचित्रकर्मी बिपद व्यबस्थापन कोषलाई प्रदान गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरसको नयाँ प्रजातिको प्रकोप कायम रहेको अवस्थामा कुनै विशेष जमघट नगरी सिन्धु सहायता कोषका संयोजक कृष्ण मल्ललाई एक लाख २ हजार रूपैयाँ हस्तान्तरण गरिएको छ ।

सो अवसरमा सिन्धु सहायता कोषकी सह संयोजक करिष्मा मानन्धर, सदस्य सचिव कृष्ण ढुंगाना, सदस्यहरु जीतु नेपाल, चेतन सापकोटा तथा फाउण्डेसनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै चलचित्रकर्मी विपद व्यबस्थापन कोषलाई दिइने भनिएको ५१ हजार नगद चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई हस्तान्तरण गरिने बताइइको छ ।

यस अघि स्थापना बर्षको पुरस्कार चलचित्रकर्मी कल्याण कोषलाई एक लाख ५३ हजार रूपैयाँ प्रदान गरिएको थियो ।

Categorized in पेजथ्री