कलाकार संघबाट महिला रेसलरलाई आर्थिक सहयोग
SamacharDesk – बिजयरत्न | २०७८ आषाढ ३०, बुधबार

नेपाल चलचित्र कलाकार संघले नेपाल महिला रेस्लिंग फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
संघको कार्यालयमा अध्यक्ष रविन्द्र खड्काले महिला रेसलिङ फाउन्डेसनकी संस्थापक अध्यक्ष भगवतीलाई २३ हजार रुपैयाँ सहयोग रकम प्रदान गर्नुभयो ।
आफु कोभिडबाट पिडित भएको र महिला रेसलरलाई सहयोग समेत गर्नु परेको अबस्था उल्लेख गरी भगवतीले संघमा सहयोगको लागि अनुरोध गरेकि थिइन् । त्यसपछि संघले विभिन्न स्थानबाट सहयोग रकम संकलन गरेर भगवतीलाई उक्त सहयोग रकम प्रदान गरेको हाे ।
नेपालको पहिलो महिला रेसलर तथा फाउण्डेसनकी अध्यक्ष भगवती कोभिड १९ को नयाँ भेरियन्टबाट संक्रमित भएकि थिइन् । साथमा भगवतीकै संस्थासँग आवद्ध करी ४५ जना महिला रेसलरहरूलाई निषेधाज्ञाको समयमा उहाँले राहत तथा आर्थिक सहयोग गर्नु भएको थियो ।
सो अवसरमा अध्यक्ष रबिन्द्र खडकाले राष्ट्रिय प्रतिभाहरूलाई सरकारले संरक्षण र प्रोत्साहन गर्नुपर्नेमा कहिँ कतैबाट सहयोग नभएको गुनासो गरे ।
कार्यक्रममा संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नेपाल चलचित्र कलाकार संघ यु के शाखाका उपाध्यक्ष सुरेश पाठक, संघको कार्य समिति सदस्य जीवन थापा, कलाकार राजु शाही, समाजसेबी बिक्रम खडकालगायतको उपस्थिति थियो ।
Categorized in पेजथ्री