आगो निभाउने क्रममा ४ को मृत्यु
SamacharDesk | २०८० बैशाख २७, बुधबार

आगो निभाउने क्रममा सख्त घाइते भई ४ जनाको मृत्यु भएको छ ।
भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जंगलमा हिजो मंगलबार लागेको आगो सल्किएर घरमा आगालागी हुँदा उक्त दुर्घटना भएको छ ।
आगो निभाउने क्रममा ५ जना घाइते मध्ये उपचारका क्रममा अस्पतालमा ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएक छन् ।
घाइते मध्ये २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ । अस्मिताको पनि अवस्था खतरा अवस्थामा रहेको जनाइएको छ ।
जङ्गलमा लागेको आगो बस्ती पस्ने क्रममा पदम बेल्वासेको घरमा सल्केको थियो । घाइतेहरुको पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा गए राति पदम र पीताम्बरको मृत्यु भएको जनाएके छ ।
थप उपचारका लागि काठमाडौँको कीर्तिपुर अस्पतालमा लगिएका माधव र घनश्यामको बुधवार काठमाडौँमा निधन भएको प्रहरीको भनाइ छ ।
प्रहरीले भने जंगलमा आगो लगाइएको हुनसक्ने आशंकामा खोजी कार्य भइरहेको छ ।
Categorized in समाज