आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको मेशिन जलेर नष्ट
SamacharDesk – बिकाश | २०७७ कार्तिक १२, बुधबार

बाराको जितपुर सिमरामा कपडा फ्याक्ट्रीमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको मेसिन जलेर नष्ट भएको छ ।
सिमराको छाता पिपरास्थित कोहिनुर स्टाईल कपडा फ्याक्ट्रीमा मेसिन वेल्डिङ गर्ने क्रममा आगलागी भएको थियो ।
आगलागीमा परी सोही फ्याक्ट्रीमा काम गर्ने भारत बिहार चन्पटीया बस्ने २३ वर्षीय सतिष कुमार महतो सामान्य घाइते भएको छन् ।
उनको वीरगंजस्थित ब्योधा अस्पतालमा उपचार भईरहेको छ ।
स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो ।
Categorized in समाज