आगलागीमा करीब २ करोडको धनमाल जलेर नष्ट
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २२, बिहिबार

पाँचथरमा भएको आगलागीको घटनामा करीब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–६ बर भञ्ज्याङ बजार बस्ने जित बहादुर मेङबा लिम्बुको घरबाट आगलागी शुरु भएको थियो ।
करेन्ट सर्ट भई लिम्बुको घरबाट शुरु भएको आगलागी बस्तीमासमेत फैलिएर ३ वटा घरमा रहेका पसलहरु पनि जलेको थियो ।
आगलागीमा करिब १ करोड ९० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथर, प्रहरी चौकी सिदिन, प्राङबुङ, अस्थायी प्रहरी चौकी नागिन, सशस्त्र प्रहरी बल नेपाल, स्थानीयबासीहरू तथा २ वटा दमकल सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको छ ।
Categorized in समाज