arin enterprises

रौतहटमा आगलागीबाट लाखौंको धनमाल नष्ट

SamacharDesk – बिकाश | २०७७ पौष २६, आइतबार

रौतहटमा ग्यास लिक भएर भएको आगलागीमा लाखौंको धनमाल नष्ट भएको छ ।

गौरको पुरेनवा बस्ने तेजनारायण कुँवरको घरमा ग्याँस सिलिण्डर लिक भई आज बिहान आगलागी भएको हो ।

आगलागीमा घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र फर्निचर लगायतका सामान जलेको छ । आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।

आगलागीमा परी तेजनारायणकी छोरी १७ वर्षीया रोशनी कुमारी सिंह सामान्य घाइते भएकी छन् ।

स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Categorized in समाज