ललितपुर १९ वडामा fire hydrant जडान हुँदै
SamacharDesk – बिराज | २०७८ बैशाख २१, मंगलबार

उपत्यकामा बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै ललितपुर महानगरपालिका १९ वडामा आगो निभाउनका लागि मेसीन जडान कार्यलाई तीब्रता दिइएको छ ।
आगलागीको बेला दमकल छिर्न नसकिने ठाउँको लागि Fire Hydrant जडान गर्ने कामलाई अहिले तीव्रता दिइएको हो ।
ललितपुर महानगर वडा नम्बर १९ का वडाध्यक्ष विनोद ताम्रकारले युएनडिपिको सहयोगमा ३० हजार लिटरको ट्याङ्की पनि बनाइएको जानकारी गराउनुभयो ।
साथमा १५ घोडाको मेसीन जडान गर्ने कार्य अहिले भइरहेको छ । उक्त मेसीनबाट २ सय मिटरसम्म पानीको फोहराले हानी आगो नियन्त्रण गर्न सकिने वडाध्यक्ष ताम्रकारले जनाउनुभएको छ ।
Categorized in स्थानीय