चाँगुनारायणमा आगलागी
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ चैत्र ९, बुधबार

भक्तपुरको चाँगुनारायण नगरपालिकाको एउटा बाँसघारीमा आगलागी भएको छ ।
चाँगुनारायण मन्दिरबाट पूर्व दिशामा लगभग डेढ किलोमिटर तलको बाँसघारीमा आगलागी भएको हो । मानदेव क्लब रहेको पौवा भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएको बताइएको छ ।
घटनास्थलमा भख्खरैमा मात्र भक्तपुरबाट दमकल आइपुगेको छ भने प्रहरी र स्थानीय आगलागी नियन्त्रणका लागि जुटेका छन् ।
आगलागी भएको स्थान चाँगुनारायण मन्दिरबाट नजिकै रहेपनि मन्दिरतिर कुनै जोखिम भने नरहेको बताइएको छ ।
आगलागीबाट कुनै पनि किसिमको भौतिक वा मानवीय क्षति भएको नदेखिएपनि विस्तृत विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज