arin enterprises

विश्वभरी प्राथमिक उपचार दिवस मनाईँदै

SamacharDesk – बिकाश | २०७७ भाद्र २७, शनिबार

आज सेप्टेम्बर महिनाको दोश्रो शनिबार, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व प्राथमिक उपचार दिवस मनाईँदैछ । 

‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ मूल नारासहित सहित यस वर्ष कोभिड महामारीका बिच यो दिवस मनाईँदै गरिएको हो । 

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्नुका साथै प्राथमिक उपचारमा खटिने स्वयंसेवकहरूलाई सम्मानमा हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार यो दिवस मनाउने गरिन्छ । 

यस वर्ष महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना संक्रमणका कारण विगतका वर्षहरुमा झैं यस वर्ष कुनै सभा, समारोह भने आयोजना हुन सकेन ।

प्राथमिक उपचार सम्वन्धि ज्ञान र सीप केन्द्रीत विभिन्न भर्चुअल कार्यक्रमहरु भएका छन् ।

महामारीको अवस्थामा र संक्रमणको जोखिम पनि बढ्दो अवस्थामा रहँदा यस वर्ष यो प्राथमिक उपचार दिवसको महत्व भने झन बढेको छ ।

अस्पताल लगायतका स्वास्थ्य संस्थामा अत्यधिक भीडभाड हुनसक्ने र भीडभाडको संक्रमणको जोखिम पनि रहने अवस्थामा प्राथमिक उपचार महत्वपूर्ण र आवश्यक भएको छ । 

सकिनेसम्मका प्राथमिक उपचार घरमै गरिए घाइते वा विरामीले उपचार पनि समयमै पाउने र संक्रमणको जोखिमबाट पनि बच्न सकिनेछ । 

नेपालमा प्राथमिक उपचार सम्वन्धि चेतना जगाउन र ज्ञान, सीप बाँड्ने कार्यमा विशेष गरी नेपाल रेडक्रश सोसाईटीको उल्लेखनीय भूमिका रहेको छ ।

Categorized in समाज