अमेरिकी नौसेना प्रमुखमा पहिलो पटक महिलाको नेतृत्व
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ८, सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले नौसेनाको प्रमुखमा पहिलो पटक महिलालाई चयन गरेका छन् ।
रक्षामन्त्री ललोइड अस्टिनले पेश गरेका विभिन्न विकल्प मध्ये राष्ट्रपति बाइडेनले एडमिरल लिजा फ्राञ्चेटीलाई पनि नौसेना प्रमुखका लागि छनौट गरेका हुन् ।
नौसेना प्रमुखमा फ्राञ्चेटी निश्चित भए अमेरिकी सेनाको संयुक्त सेना प्रमुख सदस्य बन्ने अमेरिकी इतिहासमा उनी पहिलो महिला बन्ने छन् ।
सन् १९८५ मा अमेरिकी सेनाको कमीशनर रहेकी फ्राञ्चेटी हाल नौसेनाको अपरेसन उपप्रमुख रहनु भएकी छिन् ।
फ्रानचेट्टीले अमेरिकी नौसेनाको कोरिया कमाण्डर, संयुक्त स्टाफको रणनीति, योजना र नीति निर्देशकको रूपमा पनि काम गरिसक्नु भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय