arin enterprises

साहित्यका पाँच खम्बाहरुको शालिक अनावरण

SamacharDesk – नरेन्द्र मानन्धर | २०७९ आषाढ ३२, शनिबार

नेपालको मौलिक भाषा साहित्यका पाँच खम्बाहरुको शालिक स्थापना गरेको छ ।

आज नेपालभाषा साहित्यका पाँच महारथी गद्यगुरु पण्डित निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास अमात्य, मास्टर जगतसुन्दर मल्ल, कवि योगवीरसिंह कसाः र भाषानिभाः प्रेमबहादुर कसाःको सालिक काठमाडौंको जनबहाः नासः दबूमा अनावरण गरिएको छ ।

उक्त पाँचै जना साहित्यकारको शालिक कलाकार महेश तुलाधरले निर्माण गरेका हुन् । नासः दबू जीर्णोद्वार समितिको आयोजनामा भएको कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, बागमती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री वसन्त मानन्धर, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य तथा २३ वडाका पूर्व वडाध्यक्ष नीलकाजी श्रेष्ठ लगायतले सो शालिकहरु संयुक्तरूपमा अनावरण गरिएको हो ।

उक्त अवसरमा वक्ताहरुले आफ्नो मन्तव्य राख्दै नेपालको मौलिक भाषा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । थिए । “भाषा बाँचे जाती रहन्छ, जाति रहे देश रहन्छ” भन्ने कथन वक्ताहरुको थियो ।

कार्यक्रममा साहित्यकार, चर्चित व्यक्तित्व लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Categorized in स्थानीय