arin enterprises

एकैपटक पाँच वटा म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – बिजय रत्न | २०७९ पौष १०, आइतबार

सुनचाँदी व्यवसायी साथै साहित्यकार निरञ्जनरत्न शाक्यको रचनामा रहेको पाँच वटा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रमका बीच शाक्यको पाँच वटा नेपालभाषाका गीतको म्यूजिक भिडियो आख्यानकार साथै नेपालभाषा एकेडेमीया भाइस चान्सलर मल्ल के सुन्दरले सार्वजनिक गरे ।

कार्यक्रममा आख्यानकार मल्लको साथै वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ गायक जुजुकाजी रंजितले रचनाकार शाक्यको साहित्यिक, सांस्कृतिक योगदानको चर्चा गरेका थिए ।

सार्वजनिक भएको पाँच वटै म्युजिक भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका छन् भने छायाङ्कन लुःजः सिंह र रकि महर्जनको रहेको छ । दृश्य सम्पादन बालकृष्ण बंशीले गरेका छन् ।

पाँचवटै गीतमा संगीत रीता महर्जनको रहेको छ । त्यस्तै संगीतकार महर्जनको साथै भुपेन्द्र बज्राचार्य, संगीता शाक्यको साथमा वरिष्ठ गायक योगेश वैद्यले स्वर दिएका छन् । 

Categorized in पेजथ्री