arin enterprises

मर्निङ वाक जाँदा लुटपाट गर्ने पाँच जना पक्राउ

SamacharDesk | २०८० आषाढ २४, आइतबार

मर्निङ वाकमा निस्किने महिलाको सुनको सिक्री लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध लुटपाटमा संलग्न तिनीहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

लुटपाटमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षत्री र धनकुटाका राहुल माझी, भारत पश्चिम बङ्गाल घर भएका ४२ वर्षीय श्रीकान्त माइतीलाई पक्राउ गरेको जानकारी गराएको हो ।

प्रहरीका अनुसार उनीहरूलाई असार २२ गते पक्राउ गरिएको थियो । उनीहरूले असार १९ गते चक्रपथ बंगलामुखी मन्दिर नजिकै ६० वर्षकी कान्छी श्रेष्ठ, २० गते पौने ५ बजे टोखामा मर्निङ वाक निस्किएकी ४३ वर्षीया रिता श्रेष्ठ, त्यही दिन पौने ६ बजे खागलमा मर्निङ वाक हिँडेकी वृद्धा सरस्वती डंगोललेको सिक्री लुटपाट गरेका थिए ।

पत्रकार सम्मेलनमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले भन्नुभयो 'बिहानीपख विशेषतः मर्निङ वाकमा निक्लिने महिलाको सुनको सिक्रीहरू लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु गर्‍यौ। यो अनुसन्धानलाई अगाडि बढायौँ। यसमा गर्नुपर्ने संलग्न रहेको पाइयो। यसमा चार जनालाई पक्राउ गरियो। बाइकहरूको प्रयोग गरेर उनीहरूले लुटेका हुन।'

उनीहरूको साथबाट ११.२ ग्रामको सुनको ढिक्का १ थान, लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल २ थान, मोबाइल ६ थान र ४७ ग्रामको सुनको नेक्लेस बरामद गरिएको प्रहरीले बताएको छ ।

Categorized in अपराध