arin enterprises

फोनपे र भारतको एनपीसीआइबीच भुक्तानी साझेदारी

SamacharDesk | २०८० भाद्र २१, बिहिबार

नेपाल र भारतबीच पोन पे क्यूआरमार्फत भुक्तानीको सेवा सुरु गर्ने तयारी भएको छ ।

नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पाेरेशन अफ इन्डिया (एनपीसीआइ)बीच नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुचारु हुन लागेको हो ।

उक्त साझेदारी ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको छ । फोनपे, र एन.आई.पी.यल बीचको यस सहकार्यले, दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई, यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यु.आर कोड मार्फत सुरक्षित र सहज रूपमा  भुक्तानी गर्न मदत पुग्ने जनाएको छ ।

उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ ।

प्राविधिक एकीकरणको समाप्ति पश्तयी दुई कम्पनीहरू, आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन्, जसको अनुरुप लाखौँ  उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन् ।

दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि  एउटा प्रमुख पाइलाको रुपमा साबित हुने कार्यक्रममा बताइएको छ ।

Categorized in विजनेस