arin enterprises

कोभिड १९ प्रभावित बेरोजगार परिवारलाई सहयोग

SamacharDesk – बिराज | २०७८ भाद्र २५, शुक्रबार

२०७२ सालको विनासकारी भुकम्पबाट घरबारविहिन बनेर हाल कोभिड महामारीको अवस्थाले प्रभावित भक्तपुरका विभिन्न घरपरिवारहरुलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।

दैनिक ज्यालादारीमा जीविका चलाउँदै आएका घरपरिवार महामारीको अवस्थामा बेरोजगार बनेपछि गैर सरकारी संस्था गुथिले खाद्यान्न सहयोग गरेको हो ।

साओमी फोनको लागि नेपालको आधिकारिक विक्रेता भत्सल ईम्पेक्स प्रा.लि.को आर्थिक सहयोगमा एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको गुथिले जनाएको छ ।

‘शहरी मध्यम वर्गका मानिसहरु आफ्नो अवस्थालाई समाजमा देखाउन हिच्कीचाउने गर्दछन्, शहरी गरिबीलाई न्यूनिकरण गर्न यस्ता परिवारको पहिचान हुनु आवश्यक छ’ गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने ।

भत्सल ईम्पेक्सका प्रबन्धक नितेश कुमार मुन्द्राले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर लिवालीका न्यून आय भएका र कोभिड १९ महामारीले समस्यामा परेका परिवारहरुलाई खाद्यान्न सहयोग गरेको बताउनुभयो ।

विष्णुमती किनारामा बसोबास गर्ने न्यून आय भएका घरपरिवारका विद्यार्थीहरुका लागि भर्च्युअल पठनपाठन सहज होस् भनी कम्पनीले स्मार्ट टि.भि सहयोग गरेको जानकारी पनि मुन्द्राले दिनुभयो ।

२०७२ साल बैशाखमा आएको विनासकारी महाभुकम्पमा घरबारविहीन भएका ६५ परिवारहरु भक्तपुर लिवालीको खुला मैदानमा जस्तापाताले निर्मित अस्थाई टहरमा बस्दै आईरहेका थिए । तीमध्ये १५ घ।परिवार आज पनि सोही अस्थाई टहरामा आश्रित छन् । 

Categorized in समाज