मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल निषेधित
SamacharDesk – बिराज | २०८० मङ्सिर २०, बुधबार

मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रलाई फुटपाथ पसल निषेधित क्षेत्र घोषणा गरेका छ । ललितपुर महानगरपालिकाले मंसिर २४ गते आइतबारदेखि सोक्षेत्रमा फुटपाथ पसल निषेधित गरेको हो ।
आज बिहान ललितपुर महानगर प्रहरी बलले सूचना टाँस्नुका साथै पर्चा बाँढ्दै यस विषयमा जानकारी गराएका थिए ।
ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार फुटपाथ व्यापारीहरुको संख्या बढेसँगै सुरक्षा व्यवस्थापन गर्न कठिन भएपछि बाध्य भई मंसिर २४ गते देखि सो क्षेत्रमा कुनै पनि किसिमको फुटपाथ पसलहरु राख्न निषेध गर्ने महानगरपालिकाले निर्णय लिएको बताए ।
काठमाडौंमा फुटपाथ पसल निषेध भएपछि यहाँ व्यापारीहरु आउन थालेको कारण यहाँ संख्या बढ्न थालेको हाछेथुको भनाइ हो ।
“ठाउँभन्दा ब्यापारी धेरै र धेरै मानिसहरुकोे चाप बढनेसँगै भिडभाड बढ्दा झै–झगडा, पाकेटमार जस्ता गतिविधि बढ्न थालेको छ । फुटपाथ पसलको कारण फोहर पनि उत्तिकै हुनुका साथै सर्वसाधारणलाई हिँड्न समेत नसक्ने स्थिति सिर्जना भएको छ । यस्तै एम्बुलेन्स, दमकल समेत गुड्न सक्दैन, मेला जस्तै हुने गरेकोले यस क्षेत्र निषेध गर्ने निर्णय लिएका हौँ ।” हाछेथुले भने ।
“साथै फुटपाथ व्यापारीहरुले सटर पसलको अगाडीको खाली ठाउँ भाडामा लिएर व्यापार गर्न थलिएको पनि भेटिएपछि झनै विकृति देखिएको छ । ” उनले जोडे ।
तर विहान भने ८ बजेसम्म तरकारी पसलहरुलाई कुनै रोक नभएको उनले बताए ।
यसअघि ललितपुर महानगरपालिकाले बेलुकी छ बजेपश्चात फुटपाथ व्यवसायीलाई व्यापार गर्न दिएको थियो ।
फोटो ::-enewspolar.com
Categorized in समाज