arin enterprises

युरोकपको इतिहासमा पहिलो पटक जर्मनी आफ्नो पहिलो खेलमा पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २, बुधबार

तीन पटक युरोकप च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई १–० गोलले पराजित गरेको हो ।

विश्व विजेता फ्रान्सले जर्मनीका आत्मघाती गोलबाट महत्वपूर्ण जित निकालेको हो । २० औं मिनेटमा फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा जर्मनका डिफेन्डर माट हुमेल्सकोले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

यस्तै फ्रान्सले गरेको दुई गोल भने मान्य भएन । खेलको ६६ औं मिनेटमा केलियन एमबाप्पेले र ८५ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जिमाले गरेको गोल भीएआरमा मार्फत अफसाइड देखिएपछि उनीहरुको गोलले मान्यता पाएन ।

यता खेल अवधि भर बल पोसेसनमा पकड जमाएको जर्मनीले पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

यो जितसँगै फ्रान्सले ३ अंक जोड्दै समूह ‘एफ’ को दोस्रो स्थानमा रहेको छ  । 

पोर्चुगल शीर्ष स्थानमा रहेको छ भने जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स