arin enterprises

भैरहवावासीलाई श्रम स्वीकृतिका लागि काठमाडौं धाउनु परेन

SamacharDesk – राम डंगोल | २०७९ आषाढ २, बिहिबार

वैदेशिक रोजगारीमा जाने रुपन्देहीवासीहरुलाई श्रम स्वीकृतिका लागि केही सहज भएको छ । भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना गरि हिजोदेखि श्रम स्वीकृति दिन शुरु गरिएको हो ।

उक्त शाखाको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताएका छन् ।

‘सोझासाझा नागरिकलाई ठगेर विदेश गएर बस्ने दलालहरुले अब ठगी गर्न नसोचे हुन्छ, हामी ठगी गर्न दिदैनौँ’, उनले चेतवानी दिँदै भने, ‘ठगी गरेर विदेश जाने दलालहरुलाई विश्वको जुनसुकै कुनामा भए पनि घिसारेर ल्याउँछौँ ।’

‘विदेश पठाउने भन्दै ठगहरुले हाम्रा दाजुभाइलाई ठगिरहेका छन्, अब त्यस्ता ठगहरुलाई ठग्न दिइने छैन’, मन्त्री श्रेष्ठले भने, ‘कतिपय ठगेर विदेशमा गएर बस्ने गरेका छन्, हामीले त्यस्ता ठगलाई जहाँ भए पनि ल्याएर कारवाही गर्छौं ।’

उनले ठगहरुविरुद्ध प्रहरी मार्फत रेड कर्नर नोटिस जारी गराएर विदेशमा लुकेर बसेकाहरुलाई स्वदेशमा ल्याउन लागेको जनाए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यो कार्यालय स्थापना हुनुपर्छ भन्ने ठूलो आवाज उठेको थियो ।

Categorized in राष्ट्रिय