साविक विजेता नाडाल दोस्रो चरणमै पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ४, बुधबार

अस्ट्रेलियन ओपन टेनिसमा साविक विजेता स्पेनिस खेलाडी राफायल नाडाल पराजित भएका छन् ।
बुधबार मेलवर्नमा भएको दोस्रो चरण खेलमा नाडाल अमेरिकी खलाडी म्याकेन्जी म्याकडोनाल्डसँग पराजित भएको हो । उनी पराजित भएसँगै उनको उपाधि रक्षा अभियान पनि समाप्त भएको छ ।
खेल दौरान ३६ वर्षीय नाडालको हिपमा समस्या देखिएको थियो । समस्याका बाबजुत खेलेका नाडाललाई म्याकडोनाल्डले ६–४,६–४ र ७–५को सेटमा पराजित गरे ।
सन् २०१६ यता उनी अस्ट्रेलियन ओपनबाट दोस्रो चरणबाटै बाहिरिएका हुन् ।
सन् २०२२ मा नाडालले मेलबर्नमा भएको फाइनलमा ड्यानिल मेदवेदेवलाई हराउँन दुई सेट पछि परेर पनि खेलमा फर्किएका थिए । नाडालले अष्ट्रेलियन ओपन टेनिसको दुई पटक उपाधि जितेका छन् ।
नाडाल सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी हुन् । उनले २२ पटक ग्रान्डस्लामको उपाधि जितेका छन् ।
त्यस्तै नोभाक जोकोभिचले २१ र रोजर फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन् ।
Categorized in स्पाेर्ट्स