arin enterprises

साविक विजेता सेनेगल बाहिरियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १६, मंगलबार

साविक विजेता सेनेगल अफ्रिका कप अफ नेसन्सवाट बाहिरिएको छ । आयोजक आइभरी कोस्टसँग पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित भएपछि सेनेगल अन्तिम १६ बाटै बाहिरिएको हो ।

मंगलबार भएको खेलमा डियालोले चौथो मिनेटमा गोल गरेपछि सेनेगलले अग्रता लिएको थियो ।

आइभरी कोस्टका लागि केसिइले ८६ मिनेटमा पेनाल्टी मार्फतण् बराबरी गोल गरेका थिए ।

निर्धारित ९० औं मिनेट १–१ गोलको बराबरीमा सकेपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसपछि अतिरिक्त समयमा कुनै गोल नहुँदा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

पेनाल्टी सुट आउटमा आइभरी कोस्टले बाजि मार्‍यो । शनिबार हुने क्वार्टरफाइनलमा आइभरी कोस्टले माली वा बुर्किना फासोसँग खेल्नेछ । 

Categorized in स्पाेर्ट्स