साविक विजेता अमेरिका बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ११, बिहिबार

महिला विश्वकप २०२३ मा साविक विजेता अमेरिका बराबरीमा रोकेको छ ।
बिहिबार भएको समूह ‘ई’को खेलमा नेदरल्यान्ड्सले डिफेन्डिङ च्याम्पियन अमेरिकाकोसँग १–१ गोलको रोमाञ्चक बराबरीमा खेलेको हो ।
न्युजिल्याण्डको वेलिंगटन रिजनल स्टेडियमा भएको खेलको १७ औं मिनेटमा जिल रुर्डको गोलले नेदरल्यान्ड्सले अग्रता लिएको थियो ।
दोस्रो हाफको ६२ औं मिनेटमा अमेरिकी कप्तान लिन्ड्स होरानले गोल गर्दा खेल बराबरीमा टुंगियो ।
सन् २०१९ को महिला विश्वकपको फाइनलमा पनि नेदरल्यान्ड्स विरुद्ध अमेरिकाको खेल भएको थियो । त्यसमा अमेरिका २–० ले वियजी रहेको थियो ।
यसपल्टको प्रतियोगितामा भने दुवै एकै समूह मा परेका थिए । सोहि कारण यो खेललाई पुनरावृत्तिका रुपमा भएको थियो ।
यस नतिजापछि दुवै टिम समान दुई खेलबाट चार चार अंक सहित समूहको शीर्ष स्थानमा अमेरिका र दोस्रो स्थानमा नेदरल्यान्डस् रहेको छ ।
यस समूहमा अंक रहित पोर्चुगल तेस्रो र भियतनाम चौथौमा छ ।
Categorized in स्पाेर्ट्स