arin enterprises

साविक विजेत अमेरिका विश्वकपवाट बाहिरियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २१, आइतबार

साविक विजेत अमेरिका विश्वकपवाट बाहिरिएको छ । आइतबार भएको खेलमा अमेरिकालाई स्वीडेनले पेनाल्टी सुटआउटमा ४–५को नतिजाले हराएको हो ।

मेल्वर्ण स्टेडियमा भएको खेलको निर्धारित ९० औं मिनेट र अतिरिक्त ३० मिनेटको समय गोल रहितको नतिजामा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा स्वीडेनको लागि लिना हर्टिग, मग्डलिना एरिक्सन, हान्ना बेनिसन, एलिन रुबेन्सन, फ्रिडोलिना रोलफोले गोल गरे भने रिबेका ब्लोम्विस्ट र नथाली ब्योर्न गोल गर्न वाट चुके ।

यता अमेरिकाको लागि बलिसा नेहर, क्रिस्टी मेविस, लिन्डसे हाँरन र एण्डी सुलिवनले गोल गर्दा केली ओहारा, सोफिया स्मिथ मेगान रापिनो गोल गर्नवाट चुके ।

योसँगै महिला विश्वकपको चार पटकको विजेता अमेरिकाको उपाधि होड पनि यहिँ नै टुंगो लागेको छ ।

Categorized in स्पाेर्ट्स