साविक विजेता अमेरिका र नेदरल्याण्डस् अन्तिम–१६ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १६, मंगलबार
साविक विजेता अमेरिका र नेदरल्याण्डस् महिला विश्वकपको अन्तिम–१६ मा पुगेको छ ।
महिला विश्वकपमा नेदरल्याण्डस् समूह ई को विजेता र साविक विजेता अमेरिका समूह उपविजेता रहँदै अन्तिम १६ मा पुगेको हो । मंगलबार यी दुई राष्ट्रले समूह चरणको अन्तिम खेल खेले ।
अन्तिम खेलमा नेदरल्याण्डस्ले भियतनाम माथि शान्दार जित हात पारे ।
नेदरल्याण्डस्ले भितनामलाई ७–०ले हराएको हो । नेदरल्याण्डस्को लागि इस्मी ब्रुग्तस्ले र जिल रुर्डले दुईदुई गोल गरे भने लिइक मार्टेन्स, काटिया स्नोइस र डेनियल वैन डी डोन्कले एकएक गोल गरे ।
जितसँगै तिन खेलमा ७ अंक जोड्डै नेदरल्याण्डस् समूह ई को विजेता बनेको छ ।
यता मंगलबार नै भएको यहि समूहको अर्को खेलमा अमेरिका र पोर्चुगलले गोल रहित बराबरीमा खेलेको छ ।
अमेरिकाले तिन खेलमा ५ अंक सहित समूहको दोस्रो स्थान ओगती दोस्रो स्थानमा प्रवेश गरेको छ ।
यस्तै पोर्चुगल र भियतनाम यस विश्वकपवाट बिहिरिएको छ ।
Categorized in स्पाेर्ट्स