arin enterprises

मोरक्कोलाइ हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

SamacharDesk | २०७९ मङ्सिर २९, बिहिबार

साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सलाई जित दिलाउन हर्नान्डेज र कोलो मुआनीले गोल गरे । कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्ने छैटौँ राष्ट्र बनेको छ ।

यसअघि विश्वकपको इतिहासमा ब्राजिल, इटाली, अर्जेन्टिना, नेदरल्यान्ड्स र जर्मनीले मात्र लगातार दुई पटक फाइनल खेलेका थिए । यसमध्ये ब्राजिल र जर्मनीले लगातार तीनपटक विश्वकपको फाइनल खेलेका छन् ।

हालसम्म इटाली र ब्राजिलमात्र विश्वकपको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने टिम हुन् । यसपटक फ्रान्सलाई लगातार दुईपटक विश्वकपको उपाधि जित्ने मौका रहेको छ ।

गएराति पराजित भएको टोली मोरक्कोको भने अफ्रिकी महादेशबाट पहिलो च्याम्पियन बन्ने सपना अुधरै रह्यो ।

सेमिफइनल प्रवेश गर्दा नैं उसले अफ्रिका र अरब देशहरुबाट त्यहाँसम्म पुग्ने पहिलो देशको किर्तीमान राखिसकेको थियो ।

Categorized in स्पाेर्ट्स