arin enterprises

फ्रान्स नकआउट चरणमा प्रवेश, आज चार खेल हुँदै

SamacharDesk | २०७९ मङ्सिर ११, आइतबार

फिफा विश्वकपमा आज आइतबार समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी चार खेल हुँदै छन् ।

कतारको अहमेद बिन अली रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘ई’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

अल थुमामा रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एफ’ को बेल्जियमले मोरोक्कोविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।

यसैगरी राति ९ः४५ बजेदेखि खलिफा रंगशालामा सुरु हुने आजको तेस्रो खेलमा समूह ’एफ’ मा रहेको साबिक उपविजेता क्रोएसियाले क्यानडाविरुद्ध खेल्नेछ । यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ’ई’को स्पेनले जर्मनीसँग खेल्ने छ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ ।

शनिबार भएको डेनमार्कलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको नक आउट चरणमा पुगेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्स कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ सिक्सटिनमा पुग्ने पहिलो टोली बनेको हो ।

डेनमार्क विरुद्धको खेलमा फ्रान्सलाई विजयी गराउन किलियन एम्बाप्पेले दुई गोल गरे । डेनमार्कको लागि क्रिश्चियनसनले एक गोल फर्काए । जितसँगै फ्रान्सले समुह ‘डि’ मा दुई खेलबाट ६ अंक जोडेको छ ।

समान खेलबाट ३ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । अष्ट्रेलियाले हिजो भएको खेलमा ट्युनिसियालाई १–० ले हरायो । गएराति भएको अर्को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले पराजित ग¥यो ।

अर्जेन्टिनाको लागि निकै महत्वपूर्ण यो खेलमा लियोनल मेस्सी र इन्जो फर्नान्डेजले एक एक गोल गरे । जितसँगै अर्जेन्टिनाले नकआउट चरणमा पुग्ने संभावना जिवित पारेको छ ।

समुहमा दुई खेलबाट अर्जेन्टिनाको ३ अंक भएको छ । ४ अंक जोडेको पोल्याण्ड शिर्ष स्थानमा रहँदा ३ अंकसहित साउदी अरबयिा तेस्रो स्थानमा छ । हिजोको खेलमा पोल्याण्डले साउदी अरबियालाई २–० ले हराएको हो ।

Categorized in स्पाेर्ट्स