arin enterprises

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ आश्विन १२, मंगलबार

बैंकिङ कसूर मुद्दाका फरार एक २६ वर्षीय पुरुष काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं कपन बालुवाखानी बस्ने खोटाङ गाउँपालिका–३ घर भएका २६ वर्षीय खगेन्द्र खत्रीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

खत्रीलाई उच्च अदालत पाटनले २०७७ पुस २८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र नगद १० लाख ६५ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

त्यसपछिबाट फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौं बालुवाखानीबाट पक्राउ गरेको हो ।

खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटीदिएको बताइएको छ ।

खत्रीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको व्यूरोले जनाएको छ । 

Categorized in अपराध