फुलाराको नयाँ गीत ‘म मरे भने’ सार्वजनिक
SamacharDesk – बिजयरत्न | २०७८ जेठ १, शनिबार

साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा’ सार्वजनिक भएको छ ।
फुलारा इन्टरटेनमेन्ट नेटवर्क युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।
गीतमा सहरको भीडमा एक्लो भएको भाव व्यक्त गरिएको छ ।
अहिलेको बिषम परिस्थिति र विश्वभरी फैलिएको कोभिड–१९ महामारीको चपेटामा परी कष्टकर जीवन विताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक वाहिर शहरको डेरामा वस्ने जनजीवनलाइ मध्यनजर गरि आफुले गीत लेखेको फुलाराले बताए ।
गीतमा बाबुल गिरीको स्वर र संगीत रहेको छ ।
म्यूजिक भिडियोलाई संजीत सागर मगरले निर्देशन गरेका छन् । त्यस्तै विश्वास भण्डारीले छायाँकन र दृश्य सम्पादन गरेका छन् । भिडियोमा गीतकार फुलारा र गायक बाबुलले नै अभिनय गरेका छन् ।
Categorized in पेजथ्री