काठमाडौं ४ बाट गगन विजयी
SamacharDesk – बिराज | २०७९ मङ्सिर ६, मंगलबार

काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली काँग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । ७ हजार ४४६ को भारी मतान्तरले थापा विजयी भएका हुन् ।
थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले भने १३ हजार ८५५ मत मात्र पाउन सके ।
यस क्षेत्रबाट जम्मा ४५ हजार ५०३ मत खसेको थियो ।
निर्वाचित भएको औपचारिक घोषणा पछि संचारकर्मीहरुसँग कुरा गर्दै थापाले आजैबाट संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताए ।
Categorized in राजनीति