arin enterprises

आज गंगा दशहरा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १६, मंगलबार

आज गंगा दशहरा । हरेक जेठ महिनाको शुक्ल दशमीका दिनमा गंगा दशहरा पर्व मनाइन्छ ।

वैदीककालमा आजकै तिथिमा भगीरथले भागिरथी गंगाको आगमण भएको विश्वास गरिन्छ ।

यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ ।

आजको दिन दान तथा उपवास गर्दा दस प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो ।

कत्तिको घरमा आज दशथरी तरकारीहरु राखेर भोज खाने गरिन्छ ।

आजको दिन रसुवा जिल्लाको गोसाइँकुण्डमा श्रद्धालुहरुको भीड लाग्छ ।

यदि कुनै वर्ष जेठ महिनामा अधिक मास परे त्यो वर्ष अधिक मासमै गंगा दशहरा पर्व मनाइन्छ न कि शुद्ध जेठ महिनामा ।

पुराणहरुमा गंगा दशहराको वर्णन 

स्कन्द पुराणमा जेष्ठ शुक्ल दशमी अर्थात गंगा दशहरालाई संवत्सरमुखी मानिएको हुँदा यस दिन स्नान र दानको विशेष महत्व रहेको छ ।

कुनै पनि नदी वा तलाउमा गएर अघ्र्य तथा तर्पण गर्नु विशेष फलदायी हुन्छ । यदि ज्येष्ठ शुक्ल दशमीका दिन मंगलवार भयो र हस्ता नक्षत्र पनि प¥यो भने त्यो शुभ हुने स्कन्द पुराणमा उल्लेख गरेको छ ।

यसमा स्नान र दान रूपात्मक व्रत गर्नाले पहापातक बराबरका दश पापहरू नाश हुनेछ ।

जो मानिसले दशहराका दिन गंगाको पानीमा उभिएर स्कन्द पुराणमा वणिर्त गंगा दशहरा स्तोत्र दशपटक पढ्छ उसका सबै कष्ट नाश हुने विश्वास गरिन्छ ।

यस्तै वराह पुराणका अनुसार जेष्ठ शुक्ल दशमीका दिन हस्त नक्षत्रमा गंगा नदी स्वर्गबाट पृथ्वीमा अवतीर्ण भएकी थिइन् । जसले सम्पूर्ण पाप नाश गर्ने भएकोले यस दिनलाई दशहरा भनिएको हो ।

जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, हस्त नक्षत्र, गर, आनन्द, व्यतिपात, कन्या राशिका चन्द्र, वृष राशिका सूर्ययुक्त गरि दस योगको मिलन भएका दिनमा स्नान गर्नाले मानिसका सबै पाप पखालिने वराह पुराणमा उल्लेख छ । 

मुख्यतः भारतको उतराखण्ड तथा बंगालमा भव्य रुपले मनाइने यस पर्वलाई नेपालमा पनि विभिन्न स्थानमा आ–आफ्नो कुल परम्परा तथा मत अनुसार मनाउने गरिन्छ ।

प्रायः गंगा दशहरामा गुप्त रुपमा साधना गर्ने गरिन्छ । तीर्थ स्थल वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने शास्त्रीय मान्यता छ ।

साथै दशमीको दिन शक्तिको आराधना गरि पूजा गर्दै दान गरेमा आफू तथा परिवालाई कुनै पनि किसिमका समस्या र दशाहरुले नसताउने, सुखशान्ती हुने र वर्षातको समयमा रोगव्याधि नलाग्ने विश्वास गरिन्छ ।

Categorized in संस्कृति