arin enterprises

गरिमा विकास बैंक र फोकसवान बीच भुक्तानी सम्झौता

SamacharDesk | २०७९ भाद्र ७, मंगलबार

गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्डमोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, ईन्टरनेट/बिधुत/खानेपानीको बिलभुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पेमार्फत सजिलै बिल भुक्तानी गर्न सकिने जनाएको छ ।

हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवाप्रदान गर्दै आईरहेको छ ।

Categorized in बिजनेस