गरिमा विकास बैंकले गर्यो बृहत बृक्षारोपण
SamacharDesk – Aakash Rajopadhyaya | २०७९ आषाढ २८, मंगलबार

गरिमा विकास बैंकको सामाजिक कार्य अन्तर्गत बैंकले टोखाको चण्डेश्वरी अस्पताल परिसमार वृक्षारोपण गरेको छ ।
बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन हेतु गरिमा विकास बैंकले बृहत बृक्षारोपण कार्यक्रमको सफल आयोजना गरेको छ ।
मंगलबार टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपिएको थियो ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुपअफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जन लगायतको उपस्थिति रहेको थियो ।
बैंकले अहिलेसम्म नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदानगर्दै आईरहेको छ ।
Categorized in बिजनेस