arin enterprises

प्रहरीको नियन्त्रणमा सायमी

SamacharDesk | २०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौंको गौशाला चोकमा अतिक्रमित संरचनामा डोजर चलाएको विरोधमा उत्रिएका सुमन सायमीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

काठमाडौं महानगरपालिकाले शुक्रबार दिउँसो गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको थियो। डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीसहित अरु तीनजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

गौशाला सडक क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा संरचनामा महानगरले डोजर चलाउँदा महानगरपालिकाको टोली र स्थानीय बासिन्दाबीच भनाभन र धकेलाधकेल समेत भएको थियो ।

महानगरका अनुसार सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू भत्काउन महानगरपालिकाले बिहान चार वटा डोजर प्रयोग गरेको हो ।

सोही क्रममा गौशालाबाट पुर्वतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका ६ वटा घरहरू भत्काइएको र अन्य ३२ वटा अस्थायी टहरा, सटरहरू पनि भत्काउने महानगरको तयारी छ ।

काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू भत्काउन ३५ दिन अगाडि सूचना जारी गर्दा अटेर गरेपछि आज भत्काउन सुरु गरको महानगरले जनाएको छ ।

Categorized in राष्ट्रिय